राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०७९ उर्लियो प्रदर्शनीस्थलमा दर्शकको भिड

मिति: 2079-07-10

बुटवल, १० पुष रुपन्देही उद्योग संघको आयोजनामा बुटवलमा पुष ७ गतेदेखि जारी १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ ले ४ दिन पार गरेको छ । पुष १९ गतेसम्म संचालन हुने प्रदर्शनीमा आइतवार अवलोकन कर्ताहरुको अत्याधिक भिड लाग्न पुग्यो । क्रिशमसको विदा परेका कारण ठूलो संख्यामा दर्शकहरु आएपछि टिकट पु¥याउन हम्मेहम्मे परेको थियो । तोकिएको टिकट काउन्टरमा अवलोकन कर्तारुलाई पु¥याउन गारो भएपछि प्रवेश गेटमा ४ वटा थप काउन्टरबाट टिकट विक्रि गरिएको थियो । आइतवार प्रदर्शनी अवलोकन गर्न रुपन्देही लगायत छिमेकी जिल्लाहरु पाल्पा, अर्घाखाची, नवलपरासी, कपिलबस्तुसँगै छिमेकी राष्ट्र भारतबाट समेत अवलोकनकर्ताहरु आएका थिए । प्रदर्शनीमा सहभागी स्टल धनीहरुले स्टलबाट राम्रो आर्थिक कारोवार भएको बताएछन् । स्टलबाट विषेश गरी खाद्यान्न, कपडा र घरायशी सामानहरुको विक्री बढी भएको छ । अवलोकनका क्रममा उत्पादनको बारेमा सोधपुछ गर्ने, गुणस्तरका बारेमा जानकारी लिने गरेको पनि उनीहरुको भनाई छ । प्रदर्शनीमा उपभोक्ताहरुलाई अवलोकन गर्न सजिलो होस भन्दै एकै प्रकृतिका उत्पादनहरुको एकै पेभेलियन बनाएर स्टलहरु राखिएको छ । जस अनुसार कृषि, फुड तथा वेभरेज, कपडा लगायतका १० वटा विभिन्न प्रकृतिका उत्पादनहरुको पेभेलियन बनाइएको छ । यसरी बनाउँदा उपभोक्ताहरुले एकै स्थानमा एकै प्रकारका विभिन्न कम्पनीका उत्पादनहरु किन्न र अवलोकन गर्न सुविधा भएको मुल आयोजक समितिका सह संयोजक दिलिप सापकोटाले बताउनु भयो । यसैवीच प्रदर्शनी स्टलमा राखिएका उत्पादनको गुणस्तरका बारेमा आयोजक पक्षबाट गोप्य रुपमा अनुगमन गरिएको छ । आयोजक संस्थाको नीति र भावना विपरित स्टलमा राखिएका सामान हटाउने तथा मापदण्ड विपरित रहेका स्टलहरु कारवाही गर्दै सचेत बनाएको अनुगमन समितिका संयोजक जिवकान्त काफ्लेले जनाउनु भयो । काफ्लेका अनुसार आयोजकको उद्देश्य र सहमति विपरित केही स्टलहरुमा राखिएका सामानहरु तत्काल हटाउने काम भएको छ । संमृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने उद्देश्यका साथ नेपाल उद्योग परिसंघ र लुम्बिनी प्रदेश उद्योग संघसँगै रुपन्देही उद्योग संघको आयोजनामा बुटवल मण्डपमा निमार्णाधिन अन्तराष्ट्रिय प्रदर्शनी केन्द्रमा आधुनिक ढंगले निर्माण गरिएका स्टल र त्यसको व्यवस्थापनका कारण प्रदर्शनीमा आवलोन कर्ताहरुले कुनै समस्या झेल्नु नपरेको प्रदर्शनी सदस्य सचिव हरि बहादुर खत्रीले बताउनु भयो । सञ्चालित प्रदर्शनीमा आज बुधवार पर्यटन गोष्ठीको आयोजना गरिने भएको छ । रुपन्देहीमा उद्योग र पर्यटनका चुनौती र सम्भावना विषयक गोष्ठीमा पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले कार्यपत्र प्रस्तुत गर्नु हुनेछ भने त्यसमा संस्कृतिविद डा.गितु गिरीले टिप्पणी गर्ने कार्यक्रम रहेको गोष्ठी संयोजक माया खनालले जानकारी दिनु भयो । विहान प्रदर्शनी स्थलमा हुने कार्यक्रममा उपस्थितिका लागि उद्योगी, स्टल धनी, सञ्चारकर्मीलाई अपिल गर्नु भएको छ । प्रदर्शनीको मनोरञ्जनात्मक कार्यक्रम अन्तरगत सांस्कृतिक प्रस्तुती तथा प्रतियोगिताहरु आइतवार पनि जारी रहेको थियो । आइतवार स्थानीय तथा राष्ट्रिय कलाकारहरुको एकल प्रस्तुती, दोहोरी गित प्रतियोगिता, टिकटक ट्यालेन्ट हन्टको अडिसन तथा प्रदर्शनी आइडलको प्रस्तुति एवं छनौट प्रक्रिया भएको संयोजक मोहनीलाल रिजालले बताउनु भयो । दोहोरी गित प्रतियोगिता अन्तरगत घुम्टे रोधीघर जापान र राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कास्की, का वीच प्रतिष्पर्धा हुँदा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कास्की बिजयी भएको थियो । यता प्रदर्शनी आइडल–२०७९ को टप १० छनौट भएका छन् । सांस्कृतिक कार्यक्रम अन्तरगत स्थानीय तथा राष्ट्रिय कलाकारहरुको एकल प्रस्तुती अन्तरगत चर्चित लोकदोहोरी गायक राजु परियार, लोक दोहोरी गायिका विष्णु श्रीपाली, आधुनिक गायक हेमन्त शर्मा तथा हास्य कलाकार उज्जवल गिरी, डान्सर सविता भुसालको प्रस्तुति रहेको थियो । सोमवार एकल प्रस्तुतीका लागि गायक÷गायिका रितु कंडेल, शिलु भट्टराई, बैकुण्ठ महत, सुनिता बुढा, डान्सर आरती ज्ञवालीको उपस्थिति रहने छ । यसैगरी दरबार रोधी क्लव काठमाडौं र गोधुली रोधी बुटवल वीच प्रतिष्पर्धा हुने छ । यसैगरी प्रदर्शनी स्थलमा औद्योगिक विकास तथा स्वदेशी उत्पादन प्रवद्र्धन गर्ने र कृषि र पर्यटनको क्षेत्रको संमृद्धिका लागि विभिन्न विषयहरुमा अन्तक्र्रिया गोष्ठीहरु आयोजना गरिने भएको छ । गोष्ठी तथा सेमीनार उपसमितिका संयोजक राजु घिमिरेका अनुसार “रुपन्देहीमा कृषिजन्य उद्योग व्यवसायको अवसर, संभावना र चुनौतीहरु, “युवा उद्यमशिलता विकासको अवसर संभावना र चुनौतीहरु” “लुम्बिनी प्रदेसमा पर्यटन उद्योगको संभावना र अवसरहरु” “नेपाली अर्थतन्त्रमा देखिएका समस्या र समाधानका उपायहरु” विषयक गोष्ठीहरु आयोजना हुने जानकारी गराउनु भयो ।