रुपन्देही उद्योग संघमा शुभकामना आदानप्रदान सम्पन्न

मिति: बुटवल, १५ असोज ।

रुपन्देही उद्योग संघमा शुभकामना आदानप्रदान सम्पन्न बुटवल, १५ असोज । रुपन्देही उद्योग संघले हिन्दुहरुको महान चाड वडा दशै, तिहार, छठ तथा नेपाल सम्बतको अवसरमा शनिवार बुटवलमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । संघको सभाहलमा आयोजित कार्यक्रममा आउदै गरेका चाडहरुले सबै नेपालीहरुमा शुख शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिका कामना व्यक्त गर्दै सबैमा शुभकामना आदानप्रदान गरिएको थियो । संघका अध्यक्ष माधव प्रसाद पौडेलको अध्यक्षता, बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालको प्रमुख आतित्यथामा भएको कार्यक्रमको सञ्चानल संघका महासचिव हरि बहादुर खत्रीले गर्नु भएको थियो । उक्त अवसरमा आमन्त्रित मनुभावहरुलाई स्वागत गर्दै अध्यक्ष पौडेलले विभिन्न कारणले आर्थिक क्षेत्रमा धेरै समस्याहरु देखिएको र नीजि क्षेत्रले वर्तमान विषम परिििश्थतीमा आफ्ना व्याािर व्उवसाय सञ्चालन गर्नु परेको उल्लेख गर्दै त्यसमा सुधारको अपेक्षा व्यक्त गर्नु भयो । उहाले समस्याकावीच पनि रमाउन र खुशी साटासाट गर्न सक्ने हामी नेपालीहरुको चरित्र रहेका कारण हाम्रा चाडहरुले सबैमा खुशीयाली ल्याउने बातावरण तयार गर्ने विश्वास व्यक्त गर्नु भयो । अध्यक्ष पौडेलले संघले यस क्षेत्रको आसर्थ तथा औद्योगिक उन्नतीका लागि सधै पैरवी गर्दै आएको र आगामी दिनमा पनि गर्ने कुरामा कुनै कमी नगर्ने प्रतिवद्धता जनाउनु भएको थियो । अध्यक्ष पौडेलले संघले आगामी पुष ७ देखि १९ गतेसम्म बुटवल पण्डपमा १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना गर्न लागेको जानकारी गराउदै त्यसलाई सफल पार्न सबैलाई सहयोगको लागि आग्रह गर्दै शुभकामना व्यक्त गर्नु भयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले वडा दशै, तिहार लगायतका पर्वहरुले सबै नेपालीहरुमा सुख शान्ति र उत्तरोत्तर प्रगति प्रदान गरोश भन्दै शुभकामना व्यक्त गर्नु भयो । उहाले उद्योग क्षेत्रको विकासका लागि स्थानिय सरकार सधै उद्योगीहरुसंग सहकार्य र सहमतिबाट अगाडी बढ्ने प्रतिवद्धता जनाउनु भयो । कार्यक्रममा संघका पूर्व अध्यक्षहरु, सल्लाहाकार, विभिन्न पेशा तथा व्यवसायीक संघसंस्थाका प्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरु, सञ्चारकर्मी तथा उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।