उद्योगहरुमा कार्यरत कामदारहरु लागिे ९६ घण्टे सि.एन.सि.तालिमको समापन र लेथ सेटर तालिमको शुभारम्भ

मिति: बैसाख,२९, शुक्रवार

बैसाख,२९, शुक्रवार बुटवल उद्योगहरुमा कार्यरत कामदारहरु लागिे ९६ घण्टे सि.एन.सि.तालिमको समापन र लेथ सेटर तालिमको शुभारम्भ रुपन्देही उद्योग संघ सिप विकास इकाई र दिगो र सम्मानित रोजगारीका लागि सिप परियोजना (इन्स्योर दोश्रो–चरण) को सहयोग र वुटवल टेक्नीकल इन्स्टिच्यूटको संचालनमा उद्योगहरुमा कार्यरत कामदारहरुका लागि २४ दिनको ९६ घण्टे सि.एन.सी. अपरेटर तालिमको समापन र लेथ सेटर अपरेटर तालिमको शुक्रबार भएको हो । वुटवल टेक्नीकल इन्स्टिच्यूट विटिआइका निमित्त प्रमुख कार्यकारी निर्देशक चन्द्र वहादुर क्षेत्रीको अध्यक्षता र रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न सि.एन.सी. अपरेटर तालिमको समापन तथा लेथ सेटर अपरेटर तालिमको शुभारम्भ कार्यक्रममा शुभकामना तथा धन्यवाद ज्ञापन मन्तव्य राख्दै रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलले सिकेका सिपहरुलाई व्यावहारमा उतार्न र सिपको अधिकतम उपयोग गरी उपलब्धिमुलक बनाउनु पर्ने कुरा वताउँदै क्षमता विकासमा आधारित तालिमवाट प्राविधिक तथा व्यावस्थापकीय कार्य तथा श्रोत साधनको व्यावस्थापन गरी जीवन उपयोगी सिप श्रृजना तथा सिपयुक्त जनशक्तिको उत्पादन गर्ने उद्धेश्यले सिएनसी.र लेथ सेटर अपरेटर तालिमको आयोजना गरेको बताउनु भएको थियो । ९६ घण्टे सि.एन.सी.अपरेटर तालिम समापन सत्रको कार्यक्रमका इन्स्योर परियोजना लुम्बिनी प्रदेश प्रमुख निर्मला मैनालीले नेपाल सरकारले निर्दिष्ट गरेको सिपयूक्त प्राविधिक सीप विकास गरी स्वरोजगार वनाउने कार्यलाई सहजीकरण गर्न टेवा पु¥याउने बताउनु भएको थियो । सो तालिमको समापन तथा शुभारम्भ कार्यक्रममा स्वागत मन्तव्य वि.टी.आइ.का तालिम विभाग प्रमुख राज कुमार थापाले गर्नु भएको थियो । कार्यक्रममा सि.एन.सि.तालिमका प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र समेत वितरण गर्नु भएको थियो । रुपन्देही उद्योग संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारी बि.टि.आई. तालिम प्रशिक्षक मान बहादुर कुमाल, प्रशिक्षक रमेश कुमार यादव लगायतको आतिथ्यता रहेको कार्यक्रमको संचालन वि.टी.आइ.का तालिम संयोजक मनोज भटट्राइले गर्नु भएको थियो । सो तालिमबाट विभिन्न उद्योगमा कार्यरत कामदारहरु मध्ये सि.एन.सी.अपरेटरमा २० जना र लेथ सेटर अपरेटर तालिममा २० जना लाभान्वित हुने छन् ।