उद्योगका सुपरभाइजर र प्राविधिक शिक्षालय/विद्यालयका प्रशिक्षक संयोजकलाई ५ दिनको इन कम्पनी प्रशिक्षक त

मिति: २०८० बैशाख, ८ गते

उद्योगका सुपरभाइजर र प्राविधिक शिक्षालय/विद्यालयका प्रशिक्षक संयोजकलाई ५ दिनको इन कम्पनी प्रशिक्षक तालिम सम्पन्न बुटवल २०८० बैशाख, ८ गते,शुक्रबार रुपन्देही उद्योग संघको सिप विकास इकाई र प्राविधिक प्रशिक्षण प्रतिष्ठान त्क्ष्त्क्ष् को आयोजना, दिगो तथा सम्मानित रोजगारीका लागि सिप परियोजना (इन्स्योर दोश्रो–चरण) को सहयोगमा प्राविधिक शिक्षालय÷विद्यालयहरुसँग साझेदारी गरेका उद्योगमा कार्यरत सुपरभाइजर र प्राविधिक शिक्षालय/विद्यालयका प्रशिक्षक संयोजकहरुका लागि मिति २०८० बैशाख ४ गते देखि २०८० बैशाख ८ गतेसम्म(५दिवसीय) इन कम्पनी प्रशिक्षक तालिम मिलनचोक स्थित ड्रिम इन्टरनेशनल होटलमा बैशाख ८ गते सम्पन्न भै समापन भएको छ । तालिमको समापन सत्र रुपन्देही उद्योग संघका कार्यवाहक अध्यक्ष दिलिप सापकोटाको अध्यक्षतामा सम्पन्न भयो । रुपन्देही उद्योग संघका कार्यवाहक अध्यक्ष दिलिप सापकोटाले समापन मन्तव्य राख्दै तालिमलाई प्रभावकारी र उपलब्धिमुलक बनाउन सिकेका कुराहरु व्यावहारमा उतार्न जोड दिनु भयो । साथै उद्योगमा कार्यगत सुपरभाइजरहरुको क्षमता विकासमा आधारित तालिमवाट प्राविधिक तथा व्यावस्थापकीय कार्य सम्पादनका लागि इन कम्पनी प्रशिक्षक तालिम आयोजना गरेको बताउनु भयो । (५ दिवसीय) इन कम्पनी प्रशिक्षक तालिममा सहभागिहरुलाई समापन मन्तव्य राख्दै समापन कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश, सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी लक्ष्मण ज्ञवालीले नेपाल सरकारले निर्दिष्ट गरेको सिपयुक्त प्राविधिक सीप बिकास गरी स्वरोजगार वनाउने कार्यलाई सहजीकरण गर्न टेवा पुर्याउने भएकाले यस्तो तालिम आयोजना गर्ने रुपन्देही उद्योग संघ, सिप विकास इकाइ र दिगो र सम्मानित रोजगारका लागि सिप परियोजना (इन्स्योर, दोश्रो चरण) र तालिमको सहजीकरण गर्ने संस्था प्राविधिक प्रशिक्षण प्रतिष्ठानलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । दिगो र सम्मानित रोजगारीका लागि सिप परियोजना (इन्स्योर, दोश्रो चरण) परियोजना सहायता इकाई, लुम्बिनी प्रदेश प्राविधिक संयोजक–टिभेट चक्रपाणि तिमिल्सीनाले इन कम्पनी ट्रेनर्स तालिम परियोजनाले निर्देशित गरेको आशातित उपलब्धीहरु हाँसिल गर्न प्राविधिक शिक्षालय÷विद्यालयहरुसँग साझेदारी गरेका उद्योगमा कार्यगत सुपरभाइजरका लागि लक्षित गरि संचालन गरेकोमा तालिमलाई सफल वनाउन सहयोग पुर्याउन सहयोग गर्ने सरोकारवालाहरुलाई धन्यवाद ज्ञापन गर्नु भयो । ५ दिनसम्म संचालित इन कम्पनी प्रशिक्षक तालिममा प्राविधिक प्रशिक्षक प्रतिष्ठानका वरिष्ठ प्रशिक्षक विनोद थापा, प्रशिक्षक उत्तम शर्मा लुइटेल र प्रशिक्षक सन्देश थापाले सहजीकरण गर्नु भएको थियो भने समापनको अवसरमा उहाँले तालिमवाट प्राप्त सिपहरुलाई व्यावहारिक रुपमा कार्यस्थलमा लागु गरेमा आशातित उपलब्धि हाँसिल हुने भयो । कार्यक्रम संचालन रुपन्देही उद्योग संघ, सिप विकास इकाईका कार्यक्रम संयोजक खिमानन्द रिजालले गर्नु भएको थियो । तालिममा उद्योग र प्रविधिक शिक्षालय÷विद्यालयका तर्फबाट ३ जना महिला सहित २२ जनाको सहभागिता रहेको थियो ।