आगामी बजेटका लागि उद्योगीहरुसँग सुझाव संकलन

मिति: 2079-12-28

आगामी बजेटका लागि उद्योगीहरुसँग सुझाव संकलन बुटवल, २८ चैत्र रुपन्देही उद्योग संघ, नेपाल उद्योग परिसंघ र लुम्बिनी प्रदेश उ्रद्योग परिसंघले आगामी वर्ष २०८०÷८१ को बजेटमा सुझाव पेश गर्नको लागि उद्योगीहरुसँग छलफल गरेको छ । नेपाल उद्योग परिसंघले ७ वटै प्रदेशका उद्योगीहरुसँग छलफल गरी सरकारका सम्बन्धित निकायहरुमा सुझाव पेश गर्ने उद्देश्यले संचालन गरेको अभियान अन्तर्गत मंगलबार रुपन्देही उ्रद्योग संघका अध्यक्ष माधव प्रसाद पौडेलको अध्यक्षतामा अन्तक्र्रिया सम्पन्न भएको हो । अन्तक्र्रियामा नेपाल उद्योग परिसंघका प्रदेश तथा जिल्ला संयोजक समन्वय समितिका सभापति लक्ष्मी प्रसाद सुवेदी, लुम्बिनी प्रदेश उद्योग परिसंघका अध्यक्ष एजाज आलम, संघका पूर्व अध्यक्षहरु, पदाधिकारी, सल्लाहकार, कार्यसमिति सदस्यहरु, उद्योगी एवं तिनवटै संस्थाका सचिवालय कर्मचारीहरुको सहभागिता रहेको थियो । अन्तक्रियामा सहभागी उद्योगीहरुले हालको खराब अर्थतन्त्रलाई सुधार्नका निम्ति विशेष गरी राज्य चनाखो हुनुपर्नेमा जोड दिंदै नीतिगत सुधार, भौतिक पूर्वाधार, विस्तार र उद्योगीहरुले व्यहोर्नु परेका झन्झटिला प्रक्रिया, भन्सार, कर नीतिका नकारात्मक प्रभाव तथा आगामी दिनमा गर्नुपर्ने सुधारका सन्दर्भमा आ—आप्mना राय सुझावहरु पेश गर्नुभएको थियो । कार्यक्रममा बोल्नुहुँदै नेपाल उद्योग परिसंघ प्रतिनिधि लक्ष्मी प्रसाद सुवेदीले उद्योगीहरुका तमाम समस्यालाई समाधानका उचित उपाय खोज्न, आवश्यक पहल गर्न र राज्यलाई विभिन्न विषयहरुमा सकारात्मक सुझाव दिन नेपाल उद्योग परिसंघ सक्रिय ढंगबाट अघि बढिरहेको बताउनु भएको थियो । वहाँले उद्योगीहरुले विशेषगरी भन्सार, कर प्रणाली र नीतिगत विषयमा उठान गर्नु भएका समस्याहरुलाई लिपिवद्ध गरी उच्च स्तरीय बैठकमा प्रस्तुत गर्ने र उद्योगीहरुको समस्या क्रमशःसमाधान गर्दै जाने समेत प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेश उद्योग परिसंघका अध्यक्ष एजाज आलम, संघका पूर्व अध्यक्ष बोनिन पिया, प्रथम उपाध्यक्ष, कृष्ण प्रसाद पराजुली, उद्योगीहरु राम प्रसाद बस्याल, उपेन्द्र अग्रवाल, मेघराज भण्डारी, देवेन्द्र साहु, शिव प्रसाद खनाल, खिमानन्द, भण्डारी, भुवन गिरी, लगायतले विषयवस्तुहरु उठान गर्नु भएको थियो । संघका वरिष्ठ उपाध्यक्ष दिलिप सापकोटाले धन्यवाद ज्ञापन गर्नु भएको अन्तक्र्रिया कार्यक्रमको संचालन महासचिव हरिबहादुर खत्रीले गर्नु भएको थियो ।