रुपन्देहीको औद्योगिक यात्रा

बि.सं.२०१९ सालमा स्थापना भएको महेन्द्रसुगर मिल र बुटवलमा स्थापना भएको बुटवल घ्यू कारखानाबाट सुरु भएको रुपन्देही जिल्लाको औद्योगिक यात्रा समय क्रमससँगै विस्तार हुदै जाँदा पुरै जिल्ला औद्योगिक प्रतिष्ठान हरुले भरिपूर्ण भएको छ । वि.सं. २०२० सालमा बुटवल टेक्नीकल इन्ष्टिच्यूटको स्थापना र २०३२ सालमा बुटवल औद्योगिक क्षेत्र को  निर्माण पछी रुपन्देहीमा उद्योगहरुको तिव्र विकास शुरु भएको पाइन्छ ।  नेपालकै दोस्रो ठूलो औद्योगिक जिल्लामा करिब १४ हजार भन्दा बढि परम्परागत, घरेलु तथा साना, मझौला र ठूला ठूला उद्योगहरु समेत स्थापना भै संचालन भइरहेका छन् । यस जिल्ला औद्योगिक विकासको ठूलो सम्भावना रहेको जिल्ला हो । भैरहवामा स्थापना भएको विशेष आर्थिक षेत्र, मोतिपुरमा निर्माण हुन लागेको नयाँ औद्योगिक क्षेत्र र सहकारीका माध्ययमबाट सिक्टहनमा स्थापना गर्न लागिएको निजीस्तरको औद्योगिक क्षेत्र संचालन भए पश्चात् नेपाल कै उत्कृष्ट औद्योगिक जिल्ला वन्नेछ ।
 
रुपन्देही उद्योग संघको स्थापना:
रुपन्देही उद्योगसंघको स्थापना बि.सं. २०३५ साल मंसिर १५ गते भएको थियो । रुपन्देही मातत्कालीन समयमा उद्योगहरु स्थापनाको लहर देखिय सगै उद्योग र उद्योगीको भावना बुझ्ने, समस्या समाधानका लागी पहल गर्ने र औद्योगिक विकासमा टेवा पुर्याउने पवित्र उद्देश्यले अग्रज उद्योगीहरुको सक्रियतामा संघको स्थापना भएको हो । व्यापार र उद्योग विच नङ र मासु सरह को सम्वन्ध रहँदा रहँदै पनि उद्योगका समस्या र व्यापारका समस्याविच सामन्जस्यता हुन नसकेका कारण उद्योग र व्यापार विचको समस्या समाधानका लागि छुट्टाछुट्टै संस्थाको आवश्यकताको महसुश हुन गई रुपन्देही उद्योगसंघको स्थापना भएको हो । समयक्रमसँगै जिल्लामा उद्योग स्थापनाको क्रम वढ्दै जाँदा उद्योग र उद्योगीको हितमा संघले प्रदान गर्ने सेवामा समया नुकुल परिमार्जन र परिस्कृत हुदै गएको छ । पछिल्लो समयमा समग्र जिल्लाको औद्योगिक, आर्थिक र सामाजिक विकासकालागी संघले विभिन्न खालका योजना र कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।

रोजगार सूचना केन्द्र्को स्थापना र संचालनः

देशको श्रम शक्तिको समुचित परिचालनको अभावमा लाखौं युवाहरु विदेशी भूमिमा पसिना बगाउन बाध्य छन् । एकातर्प युवाहरु बेरोजगार बन्दै गइरहेका छन् भने अर्कातर्फ्र स्वदे शीउद्योगहरु उपयुक्त श्रम शक्तिको अभाव खेप्न बाध्य छन् । शिप युक्त जन शक्ति उत्पादन, व्यवस्थापन र निरन्तरताकालागि राज्यका निकाय, नीजि क्षेत्र र तालिम प्रदायक निकायहरुको सहकार्य हुनु जरुरी छ । उत्पादित जनशक्तिलाई खपत गराउन, बेरोजगार समस्या समाधन गर्न र औद्योगिक उत्पादन मा टेवा पुर्याउन एक पुल को खचो छ । रुपन्देही उद्योग संघले श्रम व्यवस्थापनका निम्ति रोजगार सूचना केन्द्र मार्फर्त शिपयुक्त जनशक्तिको तथ्यांक संकलनका साथै उद्योगीहरुको आवश्यकता पहिचान गरी व्यवस्थापन गर्ने छ । केन्द्रको स्थापना सँगै उद्योगीहरुले झेल्नु परेको अभाव समस्या समाधानमा टेवा पुगी राष्ट्रिय उत्पादनमा समेत बृद्धि हुनेछ भने युवा शक्तिलाई स्वदेशमै पसिना बगाउने वातावरण तयार हुनेछ । यस केन्द्रले रोजगारी श्रृजना, जनशक्ति उत्पादन र व्यवस्थापनमा समेत ठूलो टेवा पुग्नेदेखिन्छ । साथै केन्द्रले राज्यका निकायहरु, तालिम प्रदायक संस्था र उद्योग हरुलाई समेत आवश्यक सूचना प्रवाह गर्नुका साथै राय सुझावहरु समेत पेश गर्ने छ । यसकेन्द्र संचालनमा सरकारका निकायहरु र उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको प्रत्यक्ष एवं सक्रिय सहयोग र सहकार्यको अपेक्षा लिएका छौं ।